समाचार

प्रधानमन्त्री प्रचण्डले विहीबार सपथ लिने

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ बिहीबार लिने भएका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार बिहीबार राष्ट्रपति भवन शीतल निवासमा अपरान्ह तीन बजे प्रचण्डले सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।
शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु हुनेछ । व्यवस्थापिका संसदमा बुधबार भएको प्रधानमन्त्रीको निर्वाचनमा ३६३ मत प्राप्त गरेर प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनको पक्षमा २१० मत परेको थियो ।