समाचार

विमान नदीले बगायो, पाइलट पौडेर बाँचे

काठमाडौं– मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

सिमीकोट विमानस्थलबाट सुर्खेतका लागि साढे ३ बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

ुएघार हजार पाँच सय फिटको उचाइमा रहेको विमानको एक्कासी इन्जिन बन्द भयो। पुनः स्टार्ट गर्न खोज्यौँ भएन। त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो।ु पाइलट साङ्गे लामाको भनाइ उद्धृत गर्दै हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले जानकारी दिए।

ुविमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुवैजना बहोस भयौँ, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौँ।ु चालक लामाले भने।

घटनालगत्तै सिमीकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो। दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप उपचारका लागि सोही हेलिकप्टर मार्फत नेपालजन्ज मेडिकल कलेज पठाइएको प्रजिअ घिमिरेले बताए।

अहिले दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाए पनि घटनास्थलबाट थप जानकारी नआएको घिमिरेले जनाए।