समाचार

  • २०१८ को लागि इडिभी आवेदन आगामी मंगलबारबाट खुल्ने

    २०१८ को लागि इडिभी आवेदन आगामी मंगलबारबाट खुल्ने काठमाडौं– अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन अर्को साता खुल्ने भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार मंगलबार आश्विन १८ गते नेपाली समयअनुसार बिहान ९:४५ बजेटबाट आवेदन दर्ता गर्न सकिने छ ।असोज १८ गते खुल्ने डिभी कात्तिक २२ मा बन्द हुने छ ।

    Read More

  • १९ औं सार्क सम्मेलन अनिश्चित, ४ देशले भाग नलिने

    १९ औं सार्क सम्मेलन अनिश्चित, ४ देशले भाग नलिने काठमाडौं– आउँदो नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित बनेको छ । अफगानिस्तान, बंगलादेश, भारत र भुटानले सम्मेलनमा भाग नलिने जनाएसँगै सम्मेलन अनिश्चित बनेको हो ।

    Read More

  • धादिङको मार्पाकमा बस दुर्घटना, १४ को मृत्यु

    धादिङको मार्पाकमा बस दुर्घटना, १४ को मृत्यु धादिङ–धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

    Read More

  • रत्नसम्बन्धि संरचनाका लागि रु. एक करोड

    इलाम । सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घरसहितको संरचना संरक्षणका लागि सरकारले रु एक करोडभन्दा बढी रकम छुट्याएको छ । मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गर्नुभएको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ ।

    Read More

  • पूर्वगृहमन्त्री खोज्न बंगलादेशबाट गोताखोर ल्याउने तयारी

    पूर्वगृहमन्त्री खोज्न बंगलादेशबाट गोताखोर ल्याउने तयारी काठमाडौं– त्रिशुली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी गर्न सरकारले बंगलादेशबाट गोताखोर ल्याउने तयारी गरेको छ। पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनास्थल पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गोताखोरहरु ल्याउन पहल भैरहेको जनाए।

    Read More

  • नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण

    नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण काठमाडौं– नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। दिल्लीबाट काठमाडौँका लागि उडेको उक्त एरबस नेपालको सीमानाबाट भित्र प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो।

    Read More

  • रोजगारीका लागि अफगानिस्तान र इराक खुलाइने

    काठमाडौं–श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन्। नेपाली कामदारका लागि अफगानिस्तान र इराक खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री गुरुङले बताएका छन्।

    Read More

  • डा. केसीले नवौं पटक पनि थाले अनशन

    डा. केसीले नवौं पटक पनि थाले अनशन काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग राख्दै लगातार अनशन बस्दै आएका डा. गोविन्द केसीले नवौं अनशन शुरु गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा।केसीले नवौं अनशन शुरु गरेका हुन्। यसअघि माग कार्यान्वयन गर्न एक हप्ताको समय दिएका थिए।

    Read More

  • दुर्घटना अपडेटः मृतक तीन जनाको पहिचान, तीन जनाको खोजी जारी

    दुर्घटना अपडेटः मृतक तीन जनाको पहिचान, तीन जनाको खोजी जारी चितवन, असोज । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खस्दा ज्यान गुमाउने तीन जनाको पहिचान भएको छ भने वेपत्ता तीन जनाको खोजी जारी छ । मुग्लिङ प्रहरीले उनी चढेको कार पौनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको जानकारी दिएको हो।

    Read More

  • फेसबुकमा भेटेका साथीहरुको संस्कृति मोह र मेरो बुझाई

    फेसबुकमा भेटेका साथीहरुको संस्कृति मोह र मेरो बुझाई कार्यक्रम दिउँसो १ बजे भनिएको थियो । अचानक मुसलधारे पानी परेर ३ घण्टा पछि मात्र शुरु भयो पूर्व निर्धारित कार्यक्रम असोज ८ गते शनिबार । काठमाडौंको इतुंबहालमा आयोजित कार्यक्रम अरु भन्दा बिल्कुलै फरक थियो । नेपालको लुम्बिनी क्षेत्रबाट शुरु भएको करिव २५ सय वर्ष पुरानो सभ्यता अनि सोही सभ्यताको आधार र सम्पन्नताको प्रतीक बनेको, पकवान विषयमा केन्द्रीत थियो कार्यक्रम ।

    Read More