समाचार

  • पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा बेपत्ता

    पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा बेपत्ता काठमाडौं, ९ भदौ । पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।

    Read More

  • न्याय पाउलिन् त गंगामायाले ?

    न्याय पाउलिन् त गंगामायाले ? काठमाडौं– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा आइतबार बहस सुरु भएको छ । वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट ११ जना अधिवक्ताले बहसका लागि नाम टिपाएका छन् । वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र उदयचन्द्र न्यौपानेले बहस गरिसकेका छन् ।

    Read More

  • कोरला नाका खोल्न कुटनीतिक पहल आवश्यकः मन्त्री गौचन

    कोरला नाका खोल्न कुटनीतिक पहल आवश्यकः मन्त्री गौचन मुस्ताङ– वाणिज्य मन्त्री रोमी गौचन थकालीले कोरला नाका खोल्न सरकारले कुटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला मुस्ताङ पुग्नुभएका गौचनले सरकारले कुटनीतिक पहल थाले अबको दुई बर्षभित्रै कोरला नाका खुल्ने दाबी गर्नुभयो ।

    Read More

  • संविधान संशोधनको मस्यौदा तयार

    संविधान संशोधनको मस्यौदा तयार काठमाडौं– सरकारले आन्दोलनरत मधेसी मोर्चालाई सम्बोधन गर्नको लािग अर्को साता संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने तयारी गरेको छ । यसको लागि संशोधन प्रस्तावको मस्यौदा समेत तयार भइसकेको जनाइएको छ ।

    Read More

  • जिल्ला अदालतमा ‘टाइम कार्ड’को व्यवस्था

    जिल्ला अदालतमा ‘टाइम कार्ड’को व्यवस्था म्याग्दी– जिल्ला अदालत म्याग्दीले सेवाग्राहीको सुविधा र सहजताका लागि ‘टाइम कार्ड’को व्यवस्था गरेको छ। मुद्दा फैसला नहुँदासम्म कुन दिन के हुन्छ ? भन्ने जानकारी दिनका लागि वादी र प्रतिवादीलाई टाइम कार्ड वितरण थालिएको जिल्ला न्यायाधीश रामप्रसाद शर्माले जानकारी दिए।

    Read More

  • तत्काल माओवादी महाधिवेशन नहुने

    तत्काल माओवादी महाधिवेशन नहुने काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदासम्म माओवादीको महादिवेशन नहुने भएको छ। तत्काल महादिवेशन आयोजना गर्ने मितिबारेमा कुनै सम्भावना नरहेपछि माओवादीले महादिवेशन आयोजक समिति सदस्य घटाएर जाने निर्णय गरेको छ।

    Read More

  • सुपथ मुल्यका नाममा छुट कि लुट ? सरकारकै सुपथ मूल्य पसलमा कम तौलका सामान

    सुपथ मुल्यका नाममा छुट कि लुट ? सरकारकै सुपथ मूल्य पसलमा कम तौलका सामान काठमाडौं– चाडपर्वलाई लक्षित गरी सरकारले अनुगमनको काम तीव्र गर्नुका साथै सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि उपभोक्ताले भने छुट भन्दा पनि लुट बढी हुन थालेको गुनासो गरेका छन् । चाडबाडको मौका छोपी अखाद्य वस्तु विक्री हुन थालेको जनगुनासो एकातिर बढेको छ भने अर्कोतिर कालोबजारी गर्ने कसैले पनि उन्मिुक्ति नपाउने भन्दै सरकारले अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगेको छ ।

    Read More

  • आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीसको मृत्यु

    आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीसको मृत्यु एजेन्सी– इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ।

    Read More

  • उच्च अदालत सम्बन्धी नियमावली पारित

    उच्च अदालत सम्बन्धी नियमावली पारित काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको हो ।

    Read More

  • अनुदान रकम लिँदा सचेत् बन्नोस्, कारबाही भोग्नुपर्ला

    अनुदान रकम लिँदा सचेत् बन्नोस्, कारबाही भोग्नुपर्ला काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिनेलाई कारबाही गर्ने जनाएको छ । अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको गुनासो आएपछि प्राधिकरणले यसतर्फ सचेत हुन आग्रह गर्दै विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

    Read More