समाचार

काठमाडौंमा पुनः भूकम्पको धक्का

काठमाडौं,– आइतबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति करिब ११ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले काठमाडौं राम्रैसँग  हल्लाए पनि अधिकांश मानिस मस्त निन्द्रामा परेका कारण पत्तै पाएनन् ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसासर १० बजेर ५७ मिनेटको समयमा सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ४.६ रेक्टर स्केललको भूकम्पको परकम्प गएको हो । १३ दिन अघि दोखला केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । गत २०७२ साल र्वैशाख १२ गते गएको गोरखा भूकम्पपछि ४ सय ४६ पटक भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 ३ असोज, २०७३ ।