समाचार

काठमाडौंका विभिन्न विद्यालयमा बम आतंक

काठमाडौं– काठमाडौंका विभिन्न स्कूलमा मंगलबार विहानै शंकास्पद बस्तु फेला परेका छन् । काठमाडौंको जोरपाटी, बौद्ध, डल्लु, ललितपुरको सानेपा लगायतका क्षेत्रमा शंकास्पद बस्तु फेला परेका हुन् । 
शंकास्पद बस्तुसँगै अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा भेटिएको छ । उनीहरुले सरकारी तथा निजी विद्यालयमा समानता हुनुपर्ने, अध्ययन, पाठ्यक्रम लगायतमा एकरुपता हुनुपर्नेलगायतका विभिन्न ११ बुँदे माग राखेका छन् ।

काठमाडौंको जोरपाटी क्षेत्रमा मात्रै सात वटा स्कूलमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।  जोरपाटीको आकाशद्वीप स्कूलमा शंकास्पद बस्तु पड्किँदा विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ भने मनकामना माविमा शंकास्पद बस्तु पड्किदा स्कूल बसमा क्षेति पुगको जनाइएको छ । त्यस्तै अन्य क्षेत्रमा राखिएका शंकास्पद बस्तु निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा खटिएको छ । 

बम विष्फोटबाट मानविय क्षति भएको छैन । बम विस्फोट गराउने समुहको  खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । 

४ असोज, २०७३ ।