समाचार

बजार अनुुगमन गर्न थप पाँच टोली

काठमाडौं । आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई प्रभावकारी बनाउन र उपभोग्य वस्तुको मूल्यमा देखिएको कालोबजारी रोक्न थप ५ टोली बनाएर बजारमा पठाएको छ ।  दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको गुनासो बढ्न थालेपछि मन्त्रालयले ५ नयाँ टोली बनाएर बजारमा पठाएको हो ।

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढेको छ, मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने, ‘कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न र बजार सहज बनाउन नयाँ टोली खडा गरेर बजारमा पठाइएको हो ।’
 
चार्डपर्वको मौका छोपी व्यापारीले दाल, चामल, खानेतेललगायत खाद्य वस्तुको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाएको जनगुनासो बढेपछि सरकारले नयाँ अनुगमन टोली खडा गरेर बजारमा पठाएको हो ।  रेग्मीका अनुसार आपूर्ति मन्त्रीको पहलमा नयाँ टोली बनाएर बजारमा पठाएको हो । टोलीले बिहीबारबाट काम शुरु गर्नेछ ।