समाचार

  • बल्झिदै युद्धकालीन घटना

    बल्झिदै युद्धकालीन घटना काठमाडौं । तत्कालीन माओवादी युद्धकालमा भएको घटनाका सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमा दिएको उजुरीले समस्या झनै बल्झाउने देखिएको छ । शान्ति प्रक्रियामा आएको झण्डै एक दशकपछि द्वन्द्वकालीन घटनाका सम्बन्धमा आयोगले उजुरी लिन शुरु गरेपछि युद्धकालीन घटना झनै बल्झिने सम्भावना बढेको छ । द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै निरुपण गर्ने भनी सहमति भए पनि दलहरुले चासो नदिँदा लामो समयसम्म आयोगले पूर्णतासमेत पाउन सकेको थिएन ।

    Read More

  • नयाँ शक्ति भेला, प्रतिनिधि छनोटमै विवाद

    नयाँ शक्ति भेला, प्रतिनिधि छनोटमै विवाद काठमाडौं । पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी घोषणा गरिएको भोलिपल्टै विवाद देखिएको छ । पार्टी घोषणापछि सोमवारदेखि शुरु भएको छलफल सत्रमा प्रतिनिधि ब्यवस्थापन गर्न नसक्दा कचिङ्गल भएको हो । एक लाख बढीले पार्टी सदस्यता आवेदन भरेको आधारमा प्रतिनिधि छनोट गरिएको भनिए पनि प्रतिनिधि ब्यवस्थापन हुन नसक्दा प्रतिनिधि संख्यासमेत अनिश्चित छ ।

    Read More

  • बेनीमा बाढीको वितण्डा, १ सय बढी घर जलमग्न

    बेनीमा बाढीको वितण्डा, १ सय बढी घर जलमग्न म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको छ । बस्ती माथिको पाखोमा रहेको खोल्साबाट राती ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मंगलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गा सहितको बाढी घर–घरमा पसेपछि रातीको समयमा स्थानीयको विचल्ली भएको थियो । बेनी पाखापानी सडकको आँपरुख खण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घरहरु डुवानमा परेका हुन् ।

    Read More

  • काठमाडौंमा भीषण बाढी (फोटो फिचर)

    काठमाडौंमा भीषण बाढी (फोटो फिचर) काठमाडौं । आइतबार बिहान करिब ४ बजे तिर परेको वर्षाका कारण काठमाडौंको रहेको नदी तथा खोलामा भीषण बाढी आएको छ । १५–२० मिनेटसम्म परेको पानीले काठमाडौंका गहिरा भाग डुवानमा परेका छन् । ग्राउण्ड फ्लोरमा बस्ने मानिसको समेत विचल्ली भएको अवस्था छ । कोठामा पानी पसेपछि उनीहरुको अवस्था विचल्ली बनेको हो । भूकम्पका कारण घरबार विहीन बनेका तथा अस्थायी टहरमा बसेकाहरुको अवस्था झन नाजूक बन्दै गएको छ ।

    Read More

  • नेपाली कामदारको कोटा बढाउने कोरियाको आश्वासन

    नेपाली कामदारको कोटा बढाउने कोरियाको आश्वासन काठमाडौं । नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ। यसपटक ३ हजार बढी कामदारमात्र कोरियाली भाषा परीक्षामा उत्तीर्ण गराउने बताए पनि यो कोटामा वृद्धि गर्न कोरियाली सरकार सकारात्मक देखिएको छ । नेपालमा गएको भूकम्प र त्यसपछिको पीडालाई मध्यनजर गर्दै कोरिया सरकारले नेपाली कामदार लैजाने कोटा वृद्धि गर्नेतर्फ सकारात्मक देखिएको हो ।

    Read More

  • दिक्षित परिवारको अचल सम्पत्ति रोक्का गर्न अख्तियारको निर्देशन (विज्ञप्ति सहित)

    दिक्षित परिवारको अचल सम्पत्ति रोक्का गर्न अख्तियारको निर्देशन (विज्ञप्ति सहित) यस आयोगमा साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितका विरुद्ध परेका विभिन्न उजुरीहरु उपर अनुसन्धान गर्ने सिलसिलामा देहाय बमोजिमको थप निर्णय गरिएको छ । स्वर्गीय रानी जगदम्बाको नाममा स्थापित ‘जगदम्बा दातब्य औषधालय’ तथा स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित ‘मदन धारा समिति’ का नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस भन्ने तर्फ ध्यान दिदै आयोगले त्यस्ता अचल सम्पत्ती हाललाई रोक्का राख्न सम्बन्धित नेपाल सरकार, भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरेको छ ।

    Read More

  • बालुवाको ढिस्काले पुरिएर ३ जनाको मृत्यु

    नुवाकोट । नुवाकोटमा बालुवाको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । जिल्लाको खड्गभन्ज्याङ गाविस–९ गैरीखोल्सोमा बालुवाको ढिस्कामा पुरिदा तीन जनाको मृत्यु भएको हो । बा३ख ९७०९ नम्बरको मिनीट्रकमा बालुवा खानीबाट बालुवा राख्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा सो घटना भएको हो। मृत्यु हुनेमा चालक दाङसिङ– ४ का ३५ वर्षीय गङ्गासिह भनिने विकास तामाङ र सहचालक १८ वर्षीय प्रकाश तामाङ र खड्गभन्ज्याङ– ९ का कामदार २२ वर्षीय शङ्कर राई रहेका छन्।

    Read More

  • सार्क सचीवस्तरीय बैठक जारी

    सार्क सचीवस्तरीय बैठक जारी काठमाडौं । सार्क सचिवस्तरीय दुई दिने बैठक काठमाडौंमा जारी रहेको छ । विहीबारबाट शुरु भएको बैठक शुक्रबार सकिनछ । बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबीचको सहयोगलाई अझ वढी सुदृढ गर्दै आर्थिक विकासमा अघि वढ्नुपर्नेमा जोड दिए । उनले सार्कले विगतमा ब्यक्त गरेका प्रतिवद्धतालाई व्यवहारिक रुप दिन सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताए । लामो सघर्षपछि नेपालमा निर्माण भएको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान भएको दाबी पनि गरे ।

    Read More

  • ट्रकसँग ठोक्किदा बसमा आगो लाग्यो, जलेर एक जनाको मृत्यु

    ट्रकसँग ठोक्किदा बसमा आगो लाग्यो, जलेर एक जनाको मृत्यु सिरहा । सिरहामा आज विहान यात्रुवहाक बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको जलेर मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा एक जनाको ज्यान गएको छ । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंबाट धरानका लागि छुटेको ना ५ ख ८५३८ नम्बरको वस र पूर्वबाट पश्चिमका लागि छुटेको ना २ ख ४२९४ नम्बरको मालबहाक ट्रक बिहीबार बिहान ठोक्किँदा २४ जना घाइते भएका छन् ।

    Read More

  • संगीतकार गुरुङको राजकीय सम्मानका साथ अन्त्येष्टि

    संगीतकार गुरुङको राजकीय सम्मानका साथ अन्त्येष्टि काठमाडौं । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको हिन्दु र वौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । स्वर्गीय गुरुङको सम्मानमा नेपाल प्रहरीले ब्याण्ड बजायो भने नेपाली सेनाले सलामी अर्पण गर्‍यो । तीन छोरामध्ये जेठा छोराले दागबत्ती दिएका थिए ।

    Read More