समाचार

ट्रकसँग ठोक्किदा बसमा आगो लाग्यो, जलेर एक जनाको मृत्यु

सिरहा । सिरहामा आज विहान यात्रुवहाक बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको जलेर मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा एक जनाको ज्यान गएको छ । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंबाट धरानका लागि छुटेको ना ५ ख ८५३८ नम्बरको वस र पूर्वबाट  पश्चिमका लागि छुटेको ना २ ख ४२९४ नम्बरको मालबहाक ट्रक बिहीबार बिहान ठोक्किँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । घाइतेको गोलबजारको स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ ।
पूल पार गरिरहेको ट्रक र तीब्र गतिमा आएको बस नियन्त्रणमा लिने क्रममा चिप्लिएर ठोक्किन पुगेको चालकले बताएको छ ।  बसका चालक निदाएकाले दुर्घटना भएको यात्रुको आरोप छ ।