समाचार

संगीतकार गुरुङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको  पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको हिन्दु र वौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । स्वर्गीय गुरुङको सम्मानमा नेपाल प्रहरीले ब्याण्ड बजायो भने नेपाली सेनाले सलामी अर्पण गर्‍यो । तीन छोरामध्ये जेठा छोराले दागबत्ती दिएका थिए ।

मंगलबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएपछि गुरूङको पार्थिव शरिरलार्इ बिहान ११ बजेदेखि ३ बजेसम्म श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो ।
त्यसपछि शवयात्रासहित गुरुङको पार्थिव शरिरलार्इ आर्यघाट पु¥याइएको हो । त्यहाँ सरकारी अधिकारी, सर्जक र सर्वसाधारणको घुइँचो थियो ।


यसअघि सरकारले नेपाली गीत–सङ्गीतको क्षेत्रमा गुरुङले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सम्मानका साथ गुरुङको अन्त्येष्टि गरिने निर्णय गरेको थियो ।  नौ लाख तारा उदाए...बाट गायन तथा सांगीतिक यात्रा थालेका गुरुङको निधनसँगै नेपाली संगीतक्षेत्रको एउटा चम्किलो तारा सदाका लागि अस्ताएको छ ।