समाचार

काठमाडौंमा भीषण बाढी (फोटो फिचर)

काठमाडौं । आइतबार बिहान करिब ४ बजे तिर परेको वर्षाका कारण काठमाडौंको रहेको नदी तथा खोलामा भीषण बाढी आएको छ ।

१५–२० मिनेटसम्म परेको पानीले काठमाडौंका गहिरा भाग डुवानमा परेका छन् । ग्राउण्ड फ्लोरमा बस्ने मानिसको समेत विचल्ली भएको अवस्था छ । कोठामा पानी पसेपछि उनीहरुको अवस्था विचल्ली बनेको हो । भूकम्पका कारण घरबार विहीन बनेका तथा अस्थायी टहरमा बसेकाहरुको  अवस्था झन नाजूक बन्दै गएको छ ।

काठमाडौंको बागमती किनारामा बसोबास गर्दै आएका सुकुम्बासीको पनि विचल्ली बनेको छ । काठमााडैंका बागमति, विष्णुमति, टुकुचा, धोवीखोला लगायतका खोलामा उर्लेंर भेल आएको छ । बाँकी तस्बीरबाटैः