राजनीति

  • माओवादी एकताको अन्तिम तयारी

    माओवादी एकताको अन्तिम तयारी काठमाडौं, जेठ– ५ । विभिन्न टुक्रामा विभाजित माओवादी घटकले यही जेठ ६ गते विहिबार औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने भएका छन् । एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका माओवादी र नयाँ शक्ति नेपालमा लागेका केही नेताहरुले संयुक्त रुपमा एकताको घोषणा गर्ने तयारी गरेका हुन् । पार्टी एकतालाई अन्तिम रुप दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,

    Read More

  • ‘मधेशबाट लखेटिएपछि काठमाडौंमा नाटक’

    ‘मधेशबाट लखेटिएपछि काठमाडौंमा नाटक’ काठमाडौं । संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन चर्काइरहेका बेला प्रधानमन्त्री केपी ओली शर्मा ओलीले गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । उनले आन्दोलनरत गठबन्धनलाई मधेशबाट जनताले खदेका कारण सिंहदरबार वरिपरि आएर ‘नाटक’ गरेको आरोप समेत लगाउन भ्याएका छन् । स्वर्गीय मदन भण्डारीको २३ औं स्मृति सभाको सन्दर्भमा पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री...

    Read More

  • संघीय गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्दै

    संघीय गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्दै काठमाडौं । संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलन थप शसक्त बन्दै गएको छ । पहिलो दिन शान्ति बाटिकाबाट शक्ति प्रदर्शन गरेको गठबन्धनले दोस्रो र तेस्रो दिन सिंहदरबार घेराउ ग¥यो । अब, उनीहरुको अन्दोलन बालुवाटार केन्द्रित हुने भएको छ । सोमबार सिंहदरबार घेराउ पछि गठबन्धनका नेताहरुले अबको आन्दोलन वालुवाटारमा गर्ने निर्णय गरेका हुन् । गठबन्धनले दुई दिनको सिंहदरबार घेराउपछि मंगलबारबाट वालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।

    Read More

  • खरोरुपमा उत्रिए आङ्काजी शेर्पा

     खरोरुपमा उत्रिए आङ्काजी शेर्पा काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता तथा आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सरकार संघीय गठबन्धनको आन्दोलनलाई दमन गर्न खोजे प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । गठबन्धनको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको भन्दै शेर्पाले भने ‘आन्दोलन शान्तिपूर्ण हो । यसमा सरकारले भिजिलान्ते प्रयोग गरेर दमन गर्न चाहन्छ । सरकाले दमनको तयारी गरेको सुक्ष्म रुपले थाहा पाएका छौँ ।’

    Read More

  • सिंहदरबार घेराउ यथावत

    सिंहदरबार घेराउ यथावत काठमाडौं । संघीय गठबन्धनले सोमबार र मंगलबार पनि सिंहदरबार घेराउ गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सिंहदरबार घेराउ कार्यक्रम तय गरिएको संघीय गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । आफूहरुका माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । अब दुई दिनको सिंहदरबार घेराउ कार्यक्रमपछि कार्यक्रमलाई निरन्तरता दिने वा...

    Read More

  • एकता अगावै प्रचण्डले बादलको मुख मिठ्याए

    एकता अगावै प्रचण्डले बादलको मुख मिठ्याए काठमाडौं । एमाओवादी र नेकपा क्रान्तिकारी औपचारिक रुपमा एकता हुनु अगावै खुशीयाली साटासाट भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले बादल लगायतका पार्टीमा एकत्रित हुने नेताहरुहरुलाई लड्डु खुवाएर खुशी बाँडिसकेका छन् । प्रचण्डले बादल लगायत नेताहरुलाई लड्डु बाँडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्बिर प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । तस्बिरमा नेत्री पम्फा भुषाल र (नेकपा क्रान्तिकारी)का महासचिव मणि थापा पनि देखिएका छन् ।

    Read More

  • 'माग पूरा नभएसम्म आन्दोलन जारी'

    'माग पूरा नभएसम्म आन्दोलन जारी' काठमाडौं । संविधानको विरोध गर्दै आएको सङ्घीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन सशक्त बनाउँदै लगेको छ । आइतबार सिंहदरबार घेराउ गरेको गठबन्धनले सोमबार (आज) पनि आन्दोलन तथा प्रदर्शनलाई निरन्तरता दिने भएको छ । आफूहरुका माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ । आइतबार सिंहदरबार घेराउ कार्यक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता अशोक राई, गोपाल दहित,

    Read More

  • संघीय गठबन्धनको सिंहदरबार घेराउ, सुरक्षा व्यवस्था कडा

    संघीय गठबन्धनको सिंहदरबार घेराउ, सुरक्षा व्यवस्था कडा काठमाडौं । मधेसी दलसहितको संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । काठमाडौं केन्द्रित आन्दोलनको दोस्रो दिन आइतबार गठबन्धनले आफ्ना माग सुनिश्चितताका लागि सिंहदरबार घेराउ गर्न लागेको हो । सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत आइतबार माइतीघर र अनामनगरको हनुमानस्थानमा गठबन्धनका नेता कार्यकर्ता भेला ...

    Read More

  • ओलीको बोली–‘५ वर्षभित्र मुलुक रेलमय’

    ओलीको बोली–‘५ वर्षभित्र मुलुक रेलमय’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षभित्र नेपालमा रेल गुड्ने घोषणा गरेका छन् । घरघरमा ग्यास पाइप लाइनको घोषणा गरेका प्रम ओलीले अहिले फेरि नेपालमा रेल गुड्ने घोषणा गरेका हुन् । चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधबाट आफू पछाडि नहट्ने दृढता व्यक्त गर्दै...

    Read More

  • वैद्य माओवादी विभाजित

    वैद्य माओवादी विभाजित काठमाडौं । मोहन वैद्यको नेतृत्वको क्रान्तिकारी (माओवादी) पार्टी विभाजित भएको छ । पार्टी महासचिव एवम् संगठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा छुट्टै बैठक बसेर वार्ता समिति गठन गरेपछि पार्टी विभाजित भएको हो । यसअघि, पनि थापाको अध्यक्षतामा छुट्टै बैठक बसेको थियो । तर, वैद्यसँग वार्ता गर्ने भन्दै स्थगित बैठक पुनः बस्दै एकताका लागि वार्ता समिति गठन गरेपछि विभाजित भएको हो ।

    Read More