समाचार

नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा पुनः विजयमान सिंह निर्वाचित हुनु भएको छ । न्यूयोर्कमा भएको गुठीको नवौं महाधिवेशनले सिंहलाई पुनः निर्वाचित गरेको हो । 
न्यूयोर्कमा सम्पन्न भएको गुठीको नवौं महाधिवेशनले सिंहको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । 
नेवाः नखः का अध्यक्ष महेन्द्र बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको थियो । जसमा विजयमान सिंहले १०६ मत तथा अर्का उम्मेदवार सिर्जना तुलाधरले ६२ मत ल्याउनु भएको थियो । अन्जन श्रेष्ठको संयोजकत्वको निर्वाचन समितिले अन्य पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 
कार्यक्रममा गुठीका पूर्व अध्यक्ष एवं विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।