समाचार

  • ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ

    ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

    Read More

  • नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

    नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले सातौं विश्व नेवाः दिवस विशेष कार्यक्रम गरी मनाएको छ । गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली महावाणिज्य दुतावासकी उपवाणिज्य दुत संगिता न्यौपाने, न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुंग, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, नेवाः गुठीका संस्थापक एवं सल्लाहकार विके नेवाः र गुठीका संस्थापक अध्यक्ष, सल्लाहकार एवं विश्व नेवाः अर्गनाईजेशनका सल्लाहकार आदित्य महर्जनले विश्व नेवाः दिवसको उपलक्षमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Read More

  • ललितपुरका मयेर चिरिबाबुलाई न्यूयोर्कमा स्वागत

    ललितपुरका मयेर चिरिबाबुलाई न्यूयोर्कमा स्वागत न्यूयोर्क । अमेरिका भ्रमणमा रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई नेवाः गुठी न्यूयोर्कले स्वागत गरेको छ । न्यूयोर्कमा आयोजना गरिएको कार्यक्रममा गुठीले मेयर महर्जनलाई स्वागत तथा सम्मान गरेको हो ।

    Read More

  • नेजाको साधारण सभा बोस्टनमा

    नेजाको साधारण सभा बोस्टनमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । टेक्सासको अस्टिनमा भएको नेजाको बैठकले आगामी मे २५ र २६ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभाका लागि नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतलाई संयोजक चयन गरिएको महासचिव बाबुराम दाहालले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

    Read More

  • तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान

    तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान अमेरिकी व्यवसायी एवं लगानीकर्तालाई नेपालमा हुन लागेको तेश्रो लगानी सम्मेलनमा सहभागि हुन नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले आव्हान गरेको छ । न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा हिजो आयोजना गरिएको “नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू“ विषयक गोलमेच छलफलमा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले यस्तो आग्रह गर्नु भएको हो ।

    Read More

  • नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली

    नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका ल्याएका चार वटा पुरातात्विक मूर्तिहरु नेपाल पुर्याईएको छ । न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावाससँगको समन्वयमा नेवाः गुठीले उक्त पुरातात्वीक मूर्तिहरु नेपाल पुर्याएको हो । मूर्ति नेपाल पठाउनका लागि ठूलो आर्थिक रकम लाग्ने भएपछि कार्यवहाक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको पहलमा नेवाः गुठी न्यूयोर्कले त्यसको व्यवस्थापन गरेको हो ।

    Read More

  • अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति

    अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

    Read More

  • युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो

    युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका (युक्रा)ले ११,नोभेम्बर,२०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवासमाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ ।

    Read More

  • नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय

    नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा पुनः विजयमान सिंह निर्वाचित हुनु भएको छ । न्यूयोर्कमा भएको गुठीको नवौं महाधिवेशनले सिंहलाई पुनः निर्वाचित गरेको हो । न्यूयोर्कमा सम्पन्न भएको गुठीको नवौं महाधिवेशनले सिंहको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

    Read More

  • नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

    नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नु भएको हो ।

    Read More