काठमाडाैं, ६ चैत । सञ्चारकर्मीहरूले संघीय संरचनामा सञ्चार क्षेत्रको संस्थागत संरचना निर्माणमा जोड दिनुपर्ने, प्रेस काउन्सिलको पुन:संरचना हुनुपर्ने र प्रमुख जिल्ला अधिकारीबाट पत्रपत्रिका दर्ता गर्ने नीति हटाउनुपर्ने बताएका छन् ।
कैलाली, ६ चैत । रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं, ४ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । यस वर्षकाे लागि १ एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी पूरा भएको जानकारी दिएको छ।
काठमाडाैं, ४ चैत । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो ।
काठमाडाैं, ४ चैत । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।
काठमाडौं, २ चैत । महिला, वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले बालबालिकाको जन्म दर्ता सुनिश्चितता गर्नुपर्ने बताएकी छिन् । नेपालको संविधानले बालबालिकाको जन्म दर्तालाई मौलिक हकमा समावेश गरेको भन्दै बालबालिकाको पहिचान खुलेमा
काठमाडाैं, २ चैत । अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपाल आउने अमेरिकीहरुका लागि भिषा शुल्क महँगो भएको भन्दै समीक्षा गर्न अाग्रह गरेकी छिन्। गृहमन्त्री रामबहादुर थापासँगको भेटमा बिहीबार राजदूत टेप्लिजले यस्तो प्रस्ताव गरेकी हुन्।
काठमाडाैं, १ चैत । सरकारले आजबाट देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाे भन्दै सरकारले अाजबाट याे नियममा कडार्इ गरेकाे हाे ।
काठमाडाैं, १ चैत । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।
काठमाडौं, ३० फागुन । यूएस बंगला विमानको दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सोमबार ४९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यसको पुष्टि गृहमन्त्रालयले गरेको छ ।