काठमाडाैं, ३० फागुन । नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाएर नहटाए आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी दिएका छन् । उनले मंगलबार सुरु गर्ने तय भएको आमरण अनशन
पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ ।
काठमाडौं, फागुन । महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालमा मानव वेचविखन, महिला हिंसा तथा आमाको नामबाट छोराछोरीले नागरिकता पाउनुपर्ने कानुनलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाउनु पर्नेमा जोड दिएका छन् ।
काठमाडाैं, २९ फागुन । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।
काठमाडाैं, २९ फागुन । त्रिभुवन विमानस्थलमा बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् ।
काठमाडाैं, २९ फागुन । ‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट।
काठमाडाैं, २९ फागुन । त्रिभुवन विमानस्थलमा भएको बंगलादेशको युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । दुर्घटनामा घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक
काठमाडौं, २८ फागुन । वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो । दुर्घटनाग्रस्त विमानबाट ४० जनाको शव निकालिएको छ ।
काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो ।
काठमाडाैं, २८ फागुन। नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्।