समाचार

बिहे गर्न नमानेपछि यस्तो क्रुर यातना...

काठमाडाैं, १ चैत । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।
उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन् । तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ । आजको कान्तिपुरमा समाचार छ । 
समाचारमा लेखिएको छ, महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ ।
सुनिताले घटनाबारे भनिन्, -बुधबार बिहान म आँगनमा थिएँ ।अचानक राकेश आयो । अस्ति कोसँग घुम्दै थिइस् भन्दै कुट्दै भित्र लग्यो । त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो । म केही नदेख्ने भएँ । आमा छेक्न आउँदा आमालाई पनि कुटपिट गर्यो ।" 
सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि बिवाह गर्न दबाब दिँदै कुटपिट गरेका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन् ।