समाचार

विमान दुर्घटनाका घाइते २ जनाको मृत्यु

काठमाडौं, ३० फागुन । यूएस बंगला विमानको दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सोमबार ४९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो  ।
यसको पुष्टि गृहमन्त्रालयले गरेको छ ।  ज्यान गुमाउनेमा  २२ जना नेपाली, २८ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक छन् । दुर्घटनामा घाइते भएका २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७१ जना रहेका थिए ।