राजनीति

खरोरुपमा उत्रिए आङ्काजी शेर्पा

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता तथा आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सरकार संघीय गठबन्धनको आन्दोलनलाई दमन गर्न खोजे प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।

गठबन्धनको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको भन्दै शेर्पाले भने  ‘आन्दोलन शान्तिपूर्ण हो । यसमा सरकारले भिजिलान्ते प्रयोग गरेर दमन गर्न चाहन्छ । सरकाले दमनको तयारी गरेको सुक्ष्म रुपले थाहा पाएका छौँ ।’ सरकार शसक्त भएर अघि आउँछ भने हामी भाग्ने छैनौं । यो हाम्रो अन्ति लडाइ पनि हो ।’

उनले सिंहदरबार घेराउको कार्यक्रममा सहभागी हुन आउने कार्यकर्तालाई विभिन्न बहानामा दुःख दिने कार्य भइरहेको प्रति खेद प्रकट गर्दै, केही काम पनि गर्न नसक्ने बर्तमान सरकारलाइ निरीहको संज्ञा समेत दिए ।   

‘सरकार संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमबाट कति आतंकित छ भन्ने कुरा गृह मन्त्रालयको अभिव्यक्तिबाट पुष्टि भएको छ’, उहाँले भने, ‘हामी आन्दोलनकारी हौँ । हाम्रा सबै गतिविधि शान्तिपूर्ण हुन्छ । तर, राज्य दमनमा उत्रियो भने त्यसको प्रतिकार अवश्य हुन्छ ।’