राजनीति

  • स्पष्ट जवाफ नआएसम्म बैठक चल्न दिँदैनौंः कांग्रस नेताहरु

    स्पष्ट जवाफ नआएसम्म बैठक चल्न दिँदैनौंः कांग्रस नेताहरु काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले भूकम्पपछिको पुनर्निमाणमा तदारुकता नदेखाएको भन्दै विहीबार संसद बैठक अवरुद्ध पारेको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए ।

    Read More

  • कांग्रेसले तोक्यो समितिका संयोजक

     कांग्रेसले तोक्यो समितिका संयोजक काठमाडौं । आज विहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसदभित्रका गतिविधिलाई थप प्रभावकारी र चुस्तदुरुस्त बनाउन संसद्का विषयगत समितिको संयोजक तोकेको छ । काँग्रेस संसदीय दलको कार्यसमितिको बिहीबार बसेको बैठकले १२ वटै समितिका लागि संयोजक चयन गरेको हो ।

    Read More

  • ‘मंसिरमा स्थानीय चुनाव हुन सक्दैन’

     ‘मंसिरमा स्थानीय चुनाव हुन सक्दैन’ काठमाडौं । पूर्व स्थानीय विकास मन्त्री तथा पूर्व स्थानीय विकास सचिवहरुले मंसिर महिनामा स्थानीय निकायको चुनाव कुनै हालतमा सम्भव नहुने जनाएका छन् । सरकारले आगामी मंसिर महिनामा स्थानीय तहको निर्वाचन गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना व्यवस्थापिका संसदमा पेश गरेको भए पनि त्यसले सार्थकता नपाउने उनीहरुले ठोकुवा गरेका हुन् ।

    Read More

  • सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

    सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।

    Read More

  • सरकार छाड्ने गच्छदारको चेतावनी

    सरकार छाड्ने गच्छदारको चेतावनी काठमाडौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एक महिनाभित्र सरकार छाड्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै गच्छदारले सरकार गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको आठ बुँदे सहमति कार्यान्वयन नभए आफूले आगामि एक महिनाभित्र सरकार छाड्ने चेतावनी दिएका हुन् ।

    Read More

  • स्थानीय निकायको निर्वाचन असम्भवः केसी

    स्थानीय निकायको निर्वाचन असम्भवः केसी काठमाडौं । असार नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा स्थानीय निकायको निर्वाचन असम्भव भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको कार्यक्रममा नेता केसीले सरकारको कार्यशैली देखेर स्थानीय निकायको असम्भव हुने दाबी गरेका हुन् । नेकपा एमाले नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी काँग्रेससँग परामर्श नगरी आफूखुसी निर्वाचन गर्ने तयारी गरेको बताउँदै

    Read More

  • प्रधानमन्त्रीको पत्र पछि गठबन्धनमा विवाद

    प्रधानमन्त्रीको पत्र पछि गठबन्धनमा विवाद काठमाडौं । संविधानमा विमति जनाउँदै आएको संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन अन्तर्गत अहिले रिले अनशन थालेको छ । रिले अशनसमा बसिरहेकै बेला गठबन्धन स्पष्ट दुई धारमा विभाजित बनेको छ । खासमा प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गरेर वार्ताका लागि तेस्रो पत्र पठाएसँगै गठबन्ध दुई धारमा देखिएको हो ।

    Read More

  • विप्लवको एनसेल आक्रमण अभियान, ४ पक्राउ

    विप्लवको एनसेल आक्रमण अभियान, ४ पक्राउ काभ्रे । काभ्रेपलाञ्चोकमा विप्लव माओवादीका चार जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पुर्याएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    Read More

  • नयाँ शक्ति नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

    नयाँ शक्ति नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न काठमाडौं । औपचारिक रुपमा पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालको सोमबारदेखि शुरु भएको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न संबिधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रज्ञा भवन कमलादीमा नयाँ शक्तिको छलफल शत्रमा समापन मन्तव्य दिँदै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सानदार ढंगले पार्टीको सुरुवात भएको बताए ।

    Read More

  • साढेसातको ग्रहले छुँदैनः प्रधानमन्त्री

    साढेसातको ग्रहले छुँदैनः प्रधानमन्त्री  काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई साढेसातको ग्रहले नछुने बताएका छन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आयोजित गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जन्म नै शनिबारका दिन भएकाले शनिग्रहले छुन नसक्ने उल्लेख गरे । ओली नेतृत्वको सरकार परिवर्तन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा राष्ट्रिय सरकार बनाउने चर्चा चलिरहेकाबेला प्रधानमन्त्री ओलीले भने आफूलाई कुनै ग्रहदशाले छुन नसक्ने दाबी गरे ।

    Read More