राजनीति

विप्लवको एनसेल आक्रमण अभियान, ४ पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकमा विप्लव माओवादीका चार जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पुर्याएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको छ । उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पुर्याएको आरोप लगाइएको छ। कर नतिरेको भन्दै विप्लव माओवादीले एनसेल आक्रमण अभियानलाई तीव्रता दिएको छ । सरकारले भने विप्लव माओवादीले भौतिक संरचनामा क्षति पु¥याएको भन्दै कडा निगरानी गर्न सुरक्षा निकायलाई सचेत गराएको छ ।