काठमाडौं । सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्दा सिंगो मधेस खुसी हुने बताएकाछन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मधेसी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव पेश गरिसकेका उनीहरुले वर्तमान सरकारलाई काम चलाउको संज्ञा दिँदै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न खबरदारी गरेका छन् ।
काठमाडाैं । काठमाडौं, असार । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता गरेको अविश्वासको प्रस्ताव उपर छलफल हुन एक साता लाग्ने भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले छाडेका मन्त्रालयको जिम्मा बाँडफा“ड गरेका छन् । माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका अरु मन्त्रीलाई थप जिम्मेवारी दिनुभएको हो ।
काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वविवेकले राजीनामा दिनुपर्ने अवस्थामा
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वलाई समर्थन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकको भावी प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ । माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।
काठमाडौं। नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ दलको बैठकले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्र अन्ततः केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । सहमतीय सरकारका लागि सोमबार दिनभर दौडधूपमा व्यस्त बनेका प्रचण्डले अन्ततः सरकार छाड्ने निर्णयमा पुगे । माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर माओवादीले समर्थन फिर्ता लिएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरणको दौडमा लागि सोमबार दिनभर ब्यस्त बने । दिनभरको दौडधुपले कुनै परिणाम ननिस्किएपछि अन्ततः साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘निर्णायक वार्ता’ भन्दै बेलुका वालुवाटार छिरेका थिए ।