राजनीति

प्रधानमन्त्रीको पत्र पछि गठबन्धनमा विवाद

काठमाडौं । संविधानमा विमति जनाउँदै आएको संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन अन्तर्गत अहिले रिले अनशन थालेको छ । रिले अशनसमा बसिरहेकै बेला गठबन्धन स्पष्ट दुई धारमा विभाजित बनेको छ ।
खासमा प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गरेर वार्ताका लागि तेस्रो पत्र पठाएसँगै गठबन्ध दुई धारमा देखिएको हो ।

एउटा धार जसले मोर्चालाई होइन संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनुपर्ने जनाउँदै आएको छ भने  अर्को धार जसले मोर्चालाई पठाएको पत्र न्यायोचित भएको ठह¥याएको छ । वार्ताका लागि पठाएको प्रधानमन्त्रीको पत्रले एकीकृत आन्दोलनलाई विवादित वनाउँदै दुई धारमा ल्याएको छ । यसरी आन्दोलनरत गठबन्धनमा विवाद शुरु भएसँगै आन्दोल कमजोर हुँदै गएको आकलन गरिएको छ ।
मधेसी आन्दोलन–३ आह्वानकर्ता मोर्चा वा जारी रिले अनसनकर्ता गठबन्धन कसले मधेस आन्दोलन सेफल्यान्ड को जस लिने मुख्य विषय यहि अहिले बनेको छ ।