राजनीति

  • नयाँ शक्ति नेपालको बन्द सत्र आजबाट

    नयाँ शक्ति नेपालको बन्द सत्र आजबाट काठमाडौं । काठमाडौंको रंगशालामा विशाल कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालको आजबाट बन्द सत्र शुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने बन्द सत्रमा पार्टीको नीतिका विषयमा छलफल हुनेछ। बन्द सत्रमा पार्टीले लिने भावी कार्यदिशाबारे गम्भीर छलफल हुने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। बन्द सत्रमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको भावी कार्यदिशा पेश गर्नेछन्।

    Read More

  • विप्लव माओवादीप्रति सरकारको कडा निगरानी

    विप्लव माओवादीप्रति सरकारको कडा निगरानी काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले उच्छृंखल गतिविधि बढाएपछि सरकारले कडा निगरानी राखेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताको गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । विप्लव नेतृत्वका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई

    Read More

  • नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा

    नयाँ शक्ति नेपाल पार्टीको औपचारिक  घोषणा काठमाडौं । एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति नेपालको अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरेका छन् । नयाँ शक्ति नेपालले भव्य समारोहकाबीच पार्टी घोषणा सभामा ड्रोन क्यामेराको प्रयोग गरी प्रविधिको भरपूर प्रयोग गरिएको थियो । नयाँ शक्ति घोषणा सभाको दृष्य खिच्नका लागि उक्त ड्रोन प्रयोग गरिएको हो ।

    Read More

  • नयाँ शक्ति नेपालः ‘अबको निकास, आर्थिक विकास’

    नयाँ शक्ति नेपालः ‘अबको निकास, आर्थिक विकास’ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा आज हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा अपरान्ह १२ बजे पछि विशेष कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाईसमेत निम्ता छ । घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ ।

    Read More

  • देउवा दवामा, थपे तीन केन्द्रीय सदस्य

    देउवा दवामा, थपे तीन केन्द्रीय सदस्य काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यो मनोनयनसँगै देउवाले मनोनीत गरेका गरेका केन्द्रीय सदस्यगको संख्या १० पुगेको छ। नेपाली कांग्रेसको विधानले केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था गरेको छ। त्यसमध्ये महाधिवेशनबाट ३ पदाधिकारी र ६१ केन्द्रीय सदस्य गरी ६४ निर्वाचित हुन्छन्। बाँकी २१ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ।

    Read More

  • नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा आइतबार

    नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा आइतबार काठमाडौ,२९ जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा आइतबार हुँदैछ । घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको छ । सभामा दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको हो । एनेकपा माओवादी परित्याग गरेका भट्टराईले आठ महिना पछि नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

    Read More

  • परराष्ट्रमन्त्री थापा फेरि किन भारत हानिए ?

    परराष्ट्रमन्त्री थापा फेरि किन भारत हानिए ? काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा गएका छन् । उनले भारतमा महत्वपूर्ण राजनीतिक भेटभार्त गरेका छन् । भारत पुगे लगत्तै राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । शुक्रबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको छ । नेपाल र भारतबीचको सम्बन्धमा आएको तिक्तता मेटाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

    Read More

  • गठबन्धनको धर्नामा बाबुराम र हिसिला !

    गठबन्धनको धर्नामा बाबुराम र हिसिला ! काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले विद्यमान समस्या समाधानमा चासो नदिएको आरोप लगाएका छन् । काठमाडौंमा जारी संघीय गठबन्धनको रिले अनसनप्रति ऐक्यबद्धता जनाउन बिहीबार खुलामञ्चमा पुगेका बाबुरामले मुलुकभित्र देखापरेका विभिन्न समस्या समाधान नगरेर प्रधानमन्त्री केही शर्मा ओलीले मुलुकलाई अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाए ।

    Read More

  • बन्दकर्ताले कोटेश्वरमा ट्याक्सी जलाए

    बन्दकर्ताले कोटेश्वरमा ट्याक्सी जलाए काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ माओबादीका कार्यकर्ताले राजधानीको कोटेश्वरमा एउटा ट्याक्सीमा आगजनी गरेको छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ । कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिए । आगो लाग्न थालेपछि ट्याक्सीका चालक मकवानपुरका

    Read More

  • ३० गतेका लागि तयारी तीव्र

    ३० गतेका लागि तयारी तीव्र काठमाडौं । तत्कालीन एमाओवादीबाट बाहिरिएर नयाँ शक्ति निमार्ण गर्ने अभियानमा रहेका बाबुराम भट्टराईले नयाँ पार्टी घोषणाको कामलाई तीव्रता दिएका छन् । यही जेठ ३० गते काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने नयाँशक्तिको कार्यक्रमा रहेको छ । नेता डा. बाबुराम भट्टराईले विदेशीहरुलाई साक्षी राखेर नयाँ शक्ति नेपाल नामको नयाँ पार्टी घोषणा घोषणा गर्दैछन् ।

    Read More