राजनीति

३० गतेका लागि तयारी तीव्र

काठमाडौं । तत्कालीन एमाओवादीबाट बाहिरिएर नयाँ शक्ति निमार्ण गर्ने अभियानमा रहेका बाबुराम भट्टराईले नयाँ पार्टी घोषणाको कामलाई तीव्रता दिएका छन् ।

यही जेठ ३० गते काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने नयाँशक्तिको कार्यक्रमा रहेको छ ।  नेता डा. बाबुराम भट्टराईले विदेशीहरुलाई साक्षी राखेर नयाँ शक्ति नेपाल नामको नयाँ पार्टी घोषणा घोषणा गर्दैछन् ।

दशरथ रंगशालामा विदेशीहरुका आधिकारिक प्रतिनिधिलाई मञ्चमा राखेर भट्टराईले पार्टी घोषणा गर्न लागेका हुन् । नाम नयाँ शक्ति भएकाले हरेक कुरामा अरु भन्दा भिन्न पहिचान देखाउने नाममा भट्टराईले विदेशीहरुलाई साक्षी राखेर पार्टी घोषणा गर्न लागेको विषयमा भने निकै चर्चा पाउन थालेको छ ।

पार्टी घोषणा कार्यक्रममा उनले नेपालस्थित २२ वटा कुटनीतिक निकायका प्रमुखलाई सहभागिताका लागि निमन्त्रणा पठाएका छन् ।