राजनीति

गठबन्धनको धर्नामा बाबुराम र हिसिला !

काठमाडौं । संविधान पुनर्लेखन लगायत सीमांकनको विरोधमा उत्रिएका संघीय गठबन्धनको आन्दोलनमा एक्येबद्धता जनाउन नयाँ शक्ति अभियान नेपालका संयोजक बाबुराम भट्टराई शहिद मञ्च पुगेका छन् ।
संघिय गठबन्धनले राखेका माग प्रति आफूहरुको समर्थन रहेको जनाउन पत्नी हिसिला यमी सहित भट्टराई बिहिबार शहिद मञ्च पुगेका हुन ।
यस अघि पूर्वसभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुगाना, प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल लगायत गठबन्धनले सञ्चालन गरेको धर्नामा एक्यवद्धता जनाउन पुगेका थिए ।

उनले  सरकारले विद्यमान समस्या समाधानमा चासो नदिएको आरोप लगाए । मुलुकभित्र देखापरेका विभिन्न समस्या समाधान नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाए ।
आन्तरिक समस्या समाधान गर्न ओली सरकार गम्भीर नभएको भन्दै डा. भट्टराईले गठबन्धन सहितका आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सीमांकन हेरफेर गरेर संविधान संशोधन गर्नुको विकल्प नरहेको दाबी गरे ।