राजनीति

नयाँ शक्ति नेपालको बन्द सत्र आजबाट

काठमाडौं । काठमाडौंको रंगशालामा विशाल कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालको आजबाट बन्द सत्र शुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने बन्द सत्रमा पार्टीको नीतिका विषयमा छलफल हुनेछ। बन्द सत्रमा पार्टीले लिने भावी कार्यदिशाबारे गम्भीर छलफल हुने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।
 
बन्द सत्रमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको भावी कार्यदिशा पेश गर्नेछन् । भट्टराईले पेश गरेको पार्टीको भावी कार्यदिशाबारे बन्द सत्रमा सहभागीहरुले आआफ्नो भनाई राख्नेछन्। मंगलबारसम्म चल्ने बन्द सत्रले पार्टीको भावी कार्यदिशा तय गर्नेछ।