राजनीति

वैद्य माओवादी विभाजित

काठमाडौं । मोहन वैद्यको नेतृत्वको क्रान्तिकारी (माओवादी) पार्टी विभाजित भएको छ । पार्टी महासचिव एवम् संगठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा छुट्टै बैठक बसेर वार्ता समिति गठन गरेपछि पार्टी विभाजित भएको हो ।

यसअघि, पनि थापाको अध्यक्षतामा छुट्टै बैठक बसेको थियो । तर, वैद्यसँग वार्ता गर्ने भन्दै स्थगित बैठक पुनः बस्दै एकताका लागि वार्ता समिति गठन गरेपछि विभाजित भएको हो ।

बैठकले थापाको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन् । वार्ता टोलीमा थापा, सचिव देव गुरुङ, प्रवक्ता भुसाल, स्थायी समिति सदस्य कुलप्रसाद केसी र हितमान शाक्य छन् ।

टोलीले एकताका लागि तय गरिएका १६ बुँदाका आधारमा एमाओवादीसँग वार्ता गर्नेछ । प्रवक्ता भुसालले आजको बैठकमा १९९ मध्ये ११४ केन्द्रीय सदस्य उपस्थित रहेको बताइन् । एकताको विपक्षमा रहेका अध्यक्ष वैद्यका नेताहरुले भने एकता सम्भव नहुने बताउँदै आएका छन् ।