राजनीति

संघीय गठबन्धनको सिंहदरबार घेराउ, सुरक्षा व्यवस्था कडा

काठमाडौं । मधेसी दलसहितको संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । काठमाडौं केन्द्रित आन्दोलनको दोस्रो दिन आइतबार गठबन्धनले आफ्ना माग सुनिश्चितताका लागि सिंहदरबार घेराउ गर्न लागेको हो ।
सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत आइतबार माइतीघर र अनामनगरको हनुमानस्थानमा गठबन्धनका नेता कार्यकर्ता भेला हुनेछन् । सिंहदरबार घेर्न माइतीघर र अनामनगरलाई नाकाको रुपमा प्रयोग गर्ने कार्यक्रम गठबन्धनले तय गरेको हो ।
गठबन्धनको आन्दोलनलाई मध्येनजर गर्दै सरकारले सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अनामनगर र माइतीघर आसपासमा बाक्लोरुपमा सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । सिंहदरबार वरपर निषेधित क्षेत्र भए पनि गठबन्धले आफ्नो शक्ति प्रदर्शन गर्ने भन्दै तयारी तीव्र पारेका छन् ।

जनजाति आदिवासीसँगको सहकार्यका आन्दोलन थालेको मधेसी मोर्चाले शनिबार शक्तिप्रदर्शन शान्तिवाटिकामा ¥याली निकालेका थिए ।