राजनीति

ओलीको बोली–‘५ वर्षभित्र मुलुक रेलमय’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षभित्र नेपालमा रेल गुड्ने घोषणा गरेका छन् । घरघरमा ग्यास पाइप लाइनको घोषणा गरेका प्रम ओलीले अहिले फेरि नेपालमा रेल गुड्ने घोषणा गरेका हुन् ।

चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधबाट आफू पछाडि नहट्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रेल चलाउन हुन्छ भने नेपालमा किन नहुने भन्दै प्रतिप्रश्न गरेका थिए ।
चीनको केरुङदेखि काठमाडौं तथा काठमाडौं देखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने दाबी गरे ।