राजनीति

सिंहदरबार घेराउ यथावत

काठमाडौं ।  संघीय गठबन्धनले  सोमबार र मंगलबार पनि सिंहदरबार घेराउ गर्ने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सिंहदरबार घेराउ कार्यक्रम तय गरिएको संघीय गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । आफूहरुका माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।
अब दुई दिनको सिंहदरबार घेराउ कार्यक्रमपछि कार्यक्रमलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा सोमबार बैठक बसेर तय गर्ने जनाएका छन् ।
संघीय गठबन्धनको आन्दोलनका कारण सिंहदरबार आसपासका क्षेत्रको यातायात व्यवस्था प्राभावित भएको छ । प्रदर्शनकारीहरुले अनामनगर र माइतीघरलाई नाकामा दिनभर प्रदर्शन गर्नेछन् । हिजो पनि दिनभर प्रदर्शन जारी रहँदा यातायात सेवा अस्तव्यस्त बन्नुकासाथै सर्वसाधारणले सास्ती भोग्न बाध्य भए ।