काठमाडौं– निर्वाचन आयोगले मुलुकभरका मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । निर्वाचन आयोगको पछिल्लो बैठकले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि मुलुकभरका मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको हो ।
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव नउठ्ने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले उनलाई काठमाडौं महानगरमा मेयर पदमा उमेदवारी बनाउने चर्चा चलेपछि उनले आफू मेयर पदमा नउठ्ने स्पष्ट पारेका हुन् ।
काठमाण्डौ, बैशाख । कोटेश्वरको फुलबारीमार्ग, झोलुंगे पुलमुनी मनोहरा खोलामा पानीमाथि वगिरहेको अवस्थामा प्रहरीले मृत नवजात शिशु (छोरी) फेला पारेको छ । अनैतिक सम्वन्धबाट गर्भधारण गरी नौ महिना समय पुगेर परिपक्व अवस्थामा जन्माएर जीवित या मारेर मनोहरा खोलामा शव फ्याँकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
नवलपरासी– नवलपरासी र कैलालीमा भएको छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मंगलबार नवलपरासीमा भएको भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ हो भने कैलालीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
दिल्ली– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सम्मानमा नयाँ दिल्लीमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणमा जानुभएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
काठमाडौं, बैशाख । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबिच पहिलोपटक आइतबारदेखि संयुक्त तालिम सुरु भएको छ । महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ ।
काठमाडौं, बैशाख । बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन्। चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सो वृद्धिदर २५ वर्ष यताकै उच्च हो।
काठमाडौं, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ। नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेकी भण्डारीको
काठमाडैं, १ बैशाख । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।