समाचार

  • टुँडिखेलमा सेनाद्वारा अश्वकला प्रदर्शन

    टुँडिखेलमा सेनाद्वारा अश्वकला प्रदर्शन काठमाडौं– काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ । उपत्यकाका नेवार समुदायले भने यस दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् । घोडे जात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ ।

    Read More

  • काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति गठन

    काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति गठन काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा विभाग टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेको हो ।

    Read More

  • हावाहुरी र असिनाले भुकम्पपीडितको बिचल्ली

    हावाहुरी र असिनाले भुकम्पपीडितको बिचल्ली नुवाकोट– शुक्रबार राती आएको हावाहुरी र असिना पानीले नुवाकोटको जनजीवन प्रभावित बनाएको छ । राति ८ बजे देखिदेखि सुरु भएर दुई घण्टा भन्दा बढी चलेको हावाहुरीले भूकम्प प्रभावितहरुको अस्थायी आवास उडाएको छ ।

    Read More

  • म्यादी प्रहरीका लागि आवेदन खुल्यो, मापदण्ड के ?

    म्यादी प्रहरीका लागि आवेदन खुल्यो, मापदण्ड के ? काठमाडौं- गृह मन्त्रालयलय स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै ७५ हजार म्यादी भर्ना गर्ने भएको छ। नेपाल प्रहरीले बिहीबार सूचना जारी गर्दै ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको हो। सूचना अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्नेछन्।

    Read More

  • ‘अभ्यास शान्ति प्रयास–३’ प्रधानमन्त्रीबाट उद्घाटन

    ‘अभ्यास शान्ति प्रयास–३’ प्रधानमन्त्रीबाट उद्घाटन काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपाल्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा २८ देशको संयुक्त सैन्य अभ्यासको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले गौतम बुद्धको भूमि नेपालले विश्वमा शान्ति स्थापना गर्न उल्लेखनीय भूमिका खेलेको बताए।

    Read More

  • २८ मुलुकका १ हजार २४ सेनाकाे सैन्य अभ्यास पाँचखालमा

    २८ मुलुकका १ हजार २४ सेनाकाे सैन्य अभ्यास पाँचखालमा काठमाडौं– नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास शुरु गर्ने भएका छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ ।

    Read More

  • स्काउटका पूर्व प्रमुख आयुक्त लामिछानेलाई श्रीलंकाको सर्वाेच्च पदक

     स्काउटका पूर्व प्रमुख आयुक्त लामिछानेलाई श्रीलंकाको सर्वाेच्च पदक ललितपुर– नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त एवम् विश्वस्काउट संगठन एशिया प्रशान्त क्षेत्रको एवार्ड कमिटिका अध्यक्ष श्रीराम लामछानेलाई श्रीलंका स्काउट संगठनको सर्वाेच्च पदक सिल्भर लायन (चाँदीको सिंह) प्रदान गरिएको छ ।

    Read More

  • उपमहानगर र नगरपालिकामा कार्यकारी अधिकृत खटाइयो

    उपमहानगर र नगरपालिकामा कार्यकारी अधिकृत खटाइयो काठमाडौं– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाँच उपमहानगरपालिका र एक सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। मन्त्रालयको शुक्रबार रातिको निर्णयअनुसार एक सय ७८ स्थानीय तहमा निर्वाचन तयारी एवम् व्यवस्थापन गर्न काजमा कर्मचारी खटाइएको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

    Read More

  • मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता

    मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता काठमाडौं– सरकारले विदेशी लगानी भित्र्याउनका लागि उद्योग मन्त्रीको संयोजकत्वमा एक समिति बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्री परिषद बैठकले हालै लगानी सम्मेलनमार्फत प्रतिबद्धता गरिएको लगानी नेपाल ल्याउन अनुगमन तथा सहयोग समिति बनाउने निर्णय गरेको हो।

    Read More

  • महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

    महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषय

    Read More