समाचार

स्काउटका पूर्व प्रमुख आयुक्त लामिछानेलाई श्रीलंकाको सर्वाेच्च पदक

ललितपुर– नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त एवम् विश्वस्काउट संगठन एशिया प्रशान्त क्षेत्रको एवार्ड कमिटिका अध्यक्ष श्रीराम लामछानेलाई श्रीलंका स्काउट संगठनको सर्वाेच्च पदक सिल्भर लायन (चाँदीको सिंह) प्रदान गरिएको छ ।  
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित एक विशेष समारोहमा श्रलिंकका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लामिछानेलाई सो सर्वाेच्च पदक प्रदान गर्नुभएको इन्टरनेशनल स्काउट एण्ड गाइड नेपालका राष्ट्रिय सचिव योगराज शिलाकारद्धारा शनिबार जारी विज्ञप्तीमा जनाइएको छ ।  
स्काउटिङ्ग सेवामा विशिष्ट र अतुलनीय योगदान गर्ने विदेशी स्काउट लिडरलाई सम्मान गर्ने गरि स्थापना गरिएको सो सिल्भर लायन (चाँदीको सिंह) पदक पाउने लामिछाने पहिलो नेपाली हुनुहुन्छ ।  
इन्टरनेशनल स्काउट एण्ड गाइड नेपालका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका पर्यटनवीद लामिछाने विश्व स्काउट संगठनबाट प्रदान गरिने सर्वाेच्च सम्मान ब्रोन्ज उल्फ द्यचयलशभ ध्याि पाउने पहिलो नेपाली पनि हुनुहुन्छ । यसका साथै उहाँले विभिन्न मुलुकका स्काउटको सर्वाेच्च पदक र विभुषण पनि पाइसक्नुभएको छ ।