काठमाडौँ- नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको शनिबार हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
काभ्रे– धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ। विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र काँगे्रस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि
काठमाडौँ– आज महाशिवरात्रि, बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था मिलाउने जनाएको छ । विगतका वर्षहरुमा शिवरात्रीमा मन्दिरको दर्शन गर्नका लागि भक्तजनले सास्ती खेप्नु परेपछि यो वर्ष भने सहजता ल्याउन विकास कोषले पूर्व तयारी थालेको हो ।
काठमाडौं–नियमित भन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको छ । ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् ।
काठमाडौं- नेपाल राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सेवा विनियमावलीको विषयलाई लिएर गभर्नर घेराउ गरेका छन् । विनियमावलीको विनियम १११ बमामेजिम कर्मचारीको सेवा अवधि ३० वर्ष वा ५८ वर्ष मध्ये जुन अवधि पहिले आउँछ सो अवधिसम्म सेवा कायम गरिरहने छ भन्ने उल्लेख छ ।
भक्तपुर- एसओएस वालग्राम नेपालले ४४ वर्षको अवधिमा गरेका विभिन्न कार्यहरुको संक्षिप्त जानकारी दिँदै एक कार्यक्रममा गरी सामाजिक परीक्षण (सोसल अडिट) सार्वजनि गरेको छ । वालग्रामका राष्ट्रिय अध्यक्ष प्रा.डा.विश्वकेशर मास्केले सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था पारदर्शी र जनउत्तरदायी
भक्तपुर, ११ फागुन । प्राकृतिक विपत्ति लगायत विभिन्न कारणले जन्म दिने बाबुआमा गुमाएका साना केटाकेटीको मायालु घरको रुपमा स्थापना भएको एसओएस वालग्राम नेपालले आफ्नो स्थापनाको ४४ वर्षमा वालग्रामका १ हजार ३ सय १५ जना छोराछोरीलार्ई शिक्षादिक्षा र रोजगारमूलक तालीम पश्चात समाजमा पुर्नस्थापना गर्न सफल भएको छ ।
काठमाण्डौ- दुई हप्तादेखि कार्यालय प्रमुख वीहिन भएको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा नयाँ प्रमुख नियुक्ति गर्न स्वास्थ्य मन्त्रालयमा ठुलै आर्थिक चलखेल भईरहेको केन्द्रका कर्मचारीहरुले आरोप लगाएका छन् । मन्त्रालयले केन्द्रका यसअघिका निर्देशक डा।विकास लामिछानेलाई आर्थिक अनियमितताको कारण गत माघ २३ गते आइतबारदेखि केन्द्रबाट वालस्वास्थ्य महाशाखामा सरुवा गरेपछि सो पद रिक्त रहेको हो ।