काठमाडौं- नेपाल राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सेवा विनियमावलीको विषयलाई लिएर गभर्नर घेराउ गरेका छन् । विनियमावलीको विनियम १११ बमामेजिम कर्मचारीको सेवा अवधि ३० वर्ष वा ५८ वर्ष मध्ये जुन अवधि पहिले आउँछ सो अवधिसम्म सेवा कायम गरिरहने छ भन्ने उल्लेख छ । तर केही कर्मचारीको प्रलोभनमा परी सेवा अवधि ३०+२ वर्ष कायम गर्ने विषयमा तत्परता देखाउन थालिएपछि अन्य कर्मचारीहरुले गभर्नलाई घेराउ गरेका हुन् ।
गत हप्ता २०७३ साल फागुन ५ गते बसेको बोर्ड बैठकमा छलफल नै नगरी माइन्यूटमा भने एउटा बुँदा थप गरी सेवा अवधि ३०+२ गर्ने निर्णय भएको भनि उल्लेख गरेको विषयमा कर्मचारीहरुले विरोध जनाएका हुन् । त्यति मात्र नभएर दुई जना डेपुटी गभर्नर विदेशमा रहेको मौका छोपी मनोमानी ढंगले यस्तो निर्णय गराउन माइन्यूट तयार पारिएको उनीहरुले आरोप लगाएका छन् ।
यसरी सेवा अवधि ३०+२ कायम गरिने हो भने करीब १ हजार कर्मचारीहरुको वृत्ति विसकासमा रोक लाग्ने अवस्था सिर्जना हुने भन्दै वित्तिय संस्था कर्मचारी संघका अगुवा, नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारी दैनिक कामकारबाही छाडेर आन्दोलित बनेका हुन् । उनीहरुले बुधबार मात्रै केन्द्रीय कार्यालय परिसरमा गभर्नरलाई घेराउ गरेका थिए । देशमा लामो समयसम्म पछि बल्ल स्थानीय निकायको निर्वाचन हुने आशा पलाएको अवस्थामा बैंकिङ प्रणालीमा रहेका चुनौती र समस्या समाधान गर्नुको सट्टा केही कर्मचारीको जागिर बढाउन लालायित देखिएको हुँदा समस्या ज्यूँका त्यूँ रहने देखिन्छ ।
Comments