काठमाडौं, ६ माघ । संयुक्त राज्य अमेरिकासँगको सहकार्यमा नेपाल एस्ट्रोनोमिकल सोसाईटीले नेपालब्यापी क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ । विश्वपरिवेश द्रुतगतिमा अनुसन्धानात्मक शिक्षातर्फ अग्रसर भईरहेको अवस्थामा नेपालमा पनि विद्यार्थीहरुमाझ विद्यालयदेखिनै अनुसन्धानकार्यमा अभिरुचि बृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।
काठमाडौं– सरकारले कानुन सेवाका पाँच सहसचिवहरुलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सह–सचिवहरुलाई बढुवा गरेर रिक्त स्थानमा पदपूर्ति गर्ने निर्णय गरेको हो। बैठकले सह–न्यायाधिवक्ता किरण पौडेललाई नायव महान्यायाधिवक्तामा पदस्थापन गरेको छ।
वासिङ्टन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिएका छन् ।
काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास तालिम ब्यालेन्स नेल बुधबारबाट शुरु भएको छ। नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाबीच विगतमा जस्तै गरी यसवर्ष पनि संयुक्त अभ्यास बुधबार सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन पक्राउ पछि अनुसन्धान तिव्र पारिएको छ । त्रिभुवन विमानस्थलबाट तस्करीको सुन सजिलै जाँचपास भएपछि अनुसन्धानका लागि अध्यागमन विभागका महानिर्देशक पनि गृह मन्त्रालय तानिएका छन्।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा= अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन–कानूनहरु दिए मात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा यादवले अब चैत्रमा चुनाव हुन नसक्ने दाबी गरेका हुन् ।
काठमाडौं– महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन)बाट विश्वशान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्र हुने भएको छ । ललितपुरको बुङमतीमा आगामी चैत्र ८ गतेदेखि २० गतेसम्म विश्व शान्ति तथा महादर्शन कार्यक्रम हुन लागेको हो ।
काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन काण्डमा संलग्न रहेको आशंकामा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अुनसन्धान ब्युरो (सिआइबी)ले बिहिबार बिहान पक्राउ गरेको हो।
काठमाडौं– काठमाडौँ सुनचाँदी व्यवसायी संघको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र रत्न शाक्यलाई चयन गरेको छ । नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा – महेन्द्र रत्न शाक्य ,उपाध्यक्षमा–सुरेश मान शाक्य, सचिवमा–प्रकाश चन्द्र शाक्य, सह–सचिवमा मुक्ति रत्न बज्राचार्य,...
झापा– झापाको दमकमा प्रेमवादको दुःखहरण पूजा सम्पन्न भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन दुःखहरण पूजा गर्ने गरिन्छ । दुःखहरण पूजाको उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गर्नुभएको हो । प्रेमवादले गरेको उक्त दुःखहरण पूजामा पूवी नेपालका एक लाखभन्दा