समाचार

अमेरिकका पूर्व–राष्ट्रपति बुस अस्पताल भर्ना

वासिङ्टन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिएका छन् ।
उनलाई अहिले अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो । जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको छन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए ।