समाचार

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास तालिम ब्यालेन्स नेल बुधबारबाट शुरु भएको छ। नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाबीच विगतमा जस्तै गरी यसवर्ष पनि संयुक्त अभ्यास बुधबार सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारजस्ता विषयमा आधारित रहेर संयुक्त अभ्यास हुने पनि निर्देशनालयले जनाएको छ। अभ्यास फागुन १८ गते सम्म चल्नेछ। यस्तो अभ्यासले दुवै देशका सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभव आदानप्रदान गर्न सहयोग हुनुका साथै मित्रराष्ट्रहरुसँग सहकार्य गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ।
भनिएको छ ‘यस्ता सहकार्यहरुबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’
४ माघ, २०७३ ।