काठमाडौ– जाडोयामसँगै तराईका जिल्लामा हुस्सु र तुवालोले दिनभर ढाक्छ । तर, राजधानी काठमाडौंमा भने सर्वसाधारणले धुवाँ र धुलोको सास्ती खेप्नु परेको छ । फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको ।
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति छानविन गर्ने भएको छ । वर्तमान मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति अस्वभाविक देखिएको भन्दै अख्तियारले छानविन गर्ने दावी गरेको हो ।
तेह्रथुम– तेह्रथुमको संक्रान्ति बजारमा शुक्रबार भएको भीषण आगलागीमा परी ३२ घर जलेर नष्ट भएका छन् । दिउँसो १२ बजेबाट शुरु भएको आगो साँझ मात्र नियन्त्रणमा आएको हो । पाँचथरको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रमाण आएको हो ।
काठमाडाैं - प्रमुख दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा सरकारले नयाँ संरचना अनुसार गाउँ पालिका र नगरपालिकाको निर्वाचनकालागि संसदमा विधेयक दर्ता गराएको छ। गृहमन्त्री बिमलेन्द्र निधिले बुधबार दर्ता गराएको विधेयकमा नयाँ ‘संविधानको कार्यान्वयनकालागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य’ रहेको उल्लेख छ।
भक्तपुर– मुलुकबाट क्षयरोग रोकथाम तथा नियन्त्रणको लागि यो वर्ष ८० करोड ३७ लाख विनियोजन गरिएको छ । तर साउनदेखि कात्तिक मसान्तसम्मको पहिलो चौमासिक अवधिको काम र खर्चको अनुपात हेर्ने हो भने काम शुन्य, क्षयरोग कार्यक्रमको अनुगमन र निरीक्षण, खरीद, खर्च र विदेश भ्रमणमा मात्रै सरकारको वजेट खर्च भईराखेको देखिन्छ ।
विराटनगर– उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको खुलासा गरेका छन् । तर आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उनको भनाइ थियो।
काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मंगलबार धुमधामसाथ मनाइँदैछ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिन्छ ।
०७२ असोज ३ गते शीर्ष तीन दलको अगुवाईमा जारी भएको नेपालको नयाँ संविधान ऐतिहासिक उपलब्धि भएपनि नेपालको सबै वर्ग समुदाय, क्षेत्र, जातजातिको मुद्दा सम्बोधन हुन नसकेको भन्दै शुरु भएको आन्दोलन अझै थामिएको छैन ।
काठमाडौं– नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि हात पारेकी छन् । यसअघि सीएनएन हिरो घोषित भई सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जनालाई पछि पार्दै उनले यो उपाधि हात पारेकी हुन् ।
काठमाडौं– मन्त्रिपरिषद्को बैठकले हालसम्म प्राप्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकार गठन भएको ४ महिनापछि विवरण बुझाउने मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनीक गर्ने निर्णय गरेको हो ।