समाचार

  • सातौं दिन पनि प्रदर्शन जारी, जनजीवन कष्टकर

    सातौं दिन पनि प्रदर्शन जारी, जनजीवन कष्टकर रुपन्देही– संविधान संशोधन विधेयकको विरोधमा भइरहेको बन्द र प्रदर्शनका कारण रुपन्देहीको जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार सातौ दिन पनि प्रदर्शन यथावत रहेको छ । बन्दका कारण हजारौँ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।

    Read More

  • संसद अवरोधले महाअभियोग प्रस्ताव अलपत्र

    संसद अवरोधले महाअभियोग प्रस्ताव अलपत्र काठमाडौं– संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ ।

    Read More

  • मेलम्चीमा भेटिएको पहेँलो वस्तु सुन नभएको पुष्टि

    मेलम्चीमा भेटिएको पहेँलो वस्तु सुन नभएको पुष्टि काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो ।

    Read More

  • ५ नम्बर प्रदेशमा अान्दाेलन यथावत

    ५ नम्बर प्रदेशमा अान्दाेलन यथावत बुटलव– सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सोमबार पनि बुटवलमा आन्दोलन जारी रहेको छ । सीमांकन हेरफेरको विरोध गर्दै विगत ६ दिनदेखि बुटवलमा प्रदर्शन जारी छ । बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

    Read More

  • सहमतिमै निकास खोज्न राष्ट्रपतिको सुझाव

    सहमतिमै निकास खोज्न राष्ट्रपतिको सुझाव काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति जुटाएर निकास दिन दलहरुलाई सुझाव दिनुभएको छ । सरकारले ब्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक गतिरोधको निकास खोज्न राष्ट्रपति भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा सबै पक्षको सहमति जुटाएर राष्ट्रलाई निकास दिन राष्ट्रपतिले सुझाव दिनुभएको हो ।

    Read More

  • २२ औं दिनमा डा. केसीले अनसन ताेडे

    २२ औं दिनमा डा. केसीले अनसन ताेडे काठमाडौं- डा. गोविन्द केसीको १० औँ पटकको अनसन टुंगिएको छ । सिन्धुपाल्चोकका साढे २ वर्षका मार्सन तामाङले जुस खुवाएपछि डा. केसीले २२ औँ दिनमा अनशन तोड्नुभएको हो ।

    Read More

  • राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आहृवान

    राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आहृवान काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् ।

    Read More

  • आज विवाह पञ्चमी हर्षोल्लास साथ मनाइँदै

    आज विवाह पञ्चमी हर्षोल्लास साथ मनाइँदै जनकपुर–त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

    Read More

  • डा. केसीका माग पूरा गर्न फेरि आज पनि वार्ता

    डा. केसीका माग पूरा गर्न फेरि आज पनि वार्ता काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापाक डा. गोविन्द केसी र सरकारी पक्षबिच बिहीबार शिक्षा मन्त्रालयमा भएको वार्ताबाट विनानिष्कर्ष टुंगिएपछि शुक्रबार पुनः वार्ता बस्ने भएको छ । वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्नेछ ।

    Read More

  • आज बाला चतुर्दशी, शिवालयमा शतबीज छर्नेको घुइँचो

    आज बाला चतुर्दशी, शिवालयमा शतबीज छर्नेको घुइँचो काठमाडौं- मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।

    Read More