काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापाक डा. गोविन्द केसी र सरकारी पक्षबिच बिहीबार शिक्षा मन्त्रालयमा भएको वार्ताबाट विनानिष्कर्ष टुंगिएपछि शुक्रबार पुनः वार्ता बस्ने भएको छ । वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्नेछ ।
प्रा. डा. केसीतर्फका प्रा. डा. राजेन्द्र वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा. डा. केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने कुरा पत्रकारहरुलाई बताउनुभयो । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा. सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत वार्तामा सहभागी हुनुहुनथ्यो । १९ दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बस्नुभएका प्रा. डा. केसीका तर्फबाट प्रा. डा. राजेन्द्रराज वाग्लेलगायत चिकित्सक वार्तामा सहभागी हुनुहुनथ्यो ।
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको बताइएको छ ।
१७ मंसिर २०७३ ।
Comments