तेह्रथुम– तेह्रथुमको जिरीखिम्ती–म्याङ्लुङ सडकखण्डअन्तर्गत म्याङ्लुङ–१ गढीभिरमा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यसअघि पाँचजनाको मृत्यु भएको बताइए पनि तेह्रथुम प्रहरीले पुनः सच्याएर तीनजनाको मृत्यु भएको जनाएको हो ।
नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा पुल भाँचिएपछि अस्थायी डाइभर्सनबाट एकतर्फी यातायात सुचारु गरिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना ६ ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा आइतबार बिहान पुल भाँचिएको हो ।
काठमाडौं– काठमाडौंको बौद्धस्थित नयाँ बस्तिमा प्रहरी र स्थानीयबीच झडप भएको छ । ट्याक्सी चालको मृत्युको विषयलाई लिएर स्थानीयले प्रहरी वृत्तमा तोडफोड गर्नुका साथै प्रहरीको एक मोटरसाइकलमा आगजनी गरेका छन् । स्थानीयले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो । दोहोरो झडप भएपछि आइतबार विहान त्यहाँको स्थिति केहीबेर तनावपूर्ण बनेको थियो ।
पर्सा– केही दिन यता पूवी तथा पश्चिम तराईमा बाक्लो हुस्सुसँगै चिसो बढेको छ । तराईका जिल्लामा चिसो बढेसँगै शीत लहरसमेत चल्न थालेको छ । चिसोकै कारण कठ्याङ्गिरएर पर्साको सेढवा गाविस–१का ४५ वर्षीय प्रभुराम चमारको शनिबार राति मृत्यु भएको छ।
काठमाडौं– विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को शुक्रबारको बैठक पनि सञ्चालन हुन सकेन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित
काठमाडौं- संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध फुकाउन सभामुख ओनसरी घर्तीले पहल थालेकी छन् । गतिरोध अन्त्यका लागी विहीबारबा शीर्ष नेतासँग छलफल थालेकीसभामुख घर्तीले शुक्रबार प्रधानमन्त्री पुष्पककमल दाहालसँग छलफल गर्ने भएकी छन् ।
काठमाडौं- रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ। भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न थालिएपछि रानी पोखरीको पानी सुकेपछि त्यहाका माछा कमलपोखरीमा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो।
काठमाडौं– नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो। पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन ।
सुनसरी– सुनसरीको दुहबी–५ सोनापुरमा रहेको हनुमन्त पोलिप्याक उद्योगमा लागेको आगोबाट १५ करोडभन्दा बढीको नोक्सानी भएको छ । खेतको बिचमा रहेको उद्योगको भवन, कच्चाापदार्थ एउटा बोलेरो गाडी र ट्रयाक्टर जल्दा १५ करोड बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।
काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मङ्सिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेको छै ।