समाचार

पोलिप्याक उद्योगमा आगलागी, १५ करोडको क्षति

सुनसरी–  सुनसरीको  दुहबी–५ सोनापुरमा रहेको हनुमन्त पोलिप्याक उद्योगमा लागेको आगोबाट १५ करोडभन्दा बढीको नोक्सानी भएको छ । खेतको बिचमा रहेको उद्योगको भवन, कच्चाापदार्थ एउटा बोलेरो गाडी र ट्रयाक्टर जल्दा १५ करोड बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका साढे ६ बजेदेखि लागेको आगो इटहरी, धरान, विराटनगर र दमकका दमकलको सहयोगमा राति साढे ९ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । 
आगलागीमा परी ३ जना कामदार समेत घाइते भएका छन । घाइते हुनेहरुमा अमृत श्रेष्ठ, दिलिप चौधरी र राजु यादव रहेका छन । उनिहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।