काठमाडौं- संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध फुकाउन सभामुख ओनसरी घर्तीले पहल थालेकी छन् । गतिरोध अन्त्यका लागी विहीबारबा शीर्ष नेतासँग छलफल थालेकीसभामुख घर्तीले शुक्रबार प्रधानमन्त्री पुष्पककमल दाहालसँग छलफल गर्ने भएकी छन् ।
यसअघि विहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा आलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । संसदमा जारी अवरोध अन्त्य गर्ने उपाय खोज्न उनले दुबै नेतालाई आग्रह गरिन् । संसद बैठक सञ्चालनमा अवरोध भइरहेका कारण अन्य कार्यसमेत प्रभावित भएको जानकारी दिँदै उनले तत्काल गतिरोध अन्त्य गर्न नेताहरुसँग आग्रह गरेकी थिइन् ।
सभामुखको कार्यकक्षमा भएको भेटमा कांग्रेस सभापति देउवाले सभामुख घर्तीलाई संसदमा विधेयक प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । त्यस्तै, एमाले अध्यक्ष ओलीले सरकाले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिउन्जेल अवरोध जारी रहने बताएका थिए र ‘सरकारले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिए एक सेकण्डमै अवरोध हट्ने बताएको बुझिएको छ । बैठकबाट बाहिरिँदै गर्दा ओलीले सञ्चारकर्मीसँग गतिरोध लामो समयसम्म नजाने बताए ।
भेटमा सभामुख घर्तीले संसदमा जारी गरितोधका कारण चुनावका लागि आवश्यक कानुन बनाउन नसकिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पनि अघि बढाउन नसकिएको जानकारी गराएकी थिइन् ।
सरकाले प्रदेश सीमांकन हेरफेर, नागरिकता भाष र राष्ट्रिय सभाको गठनसहित सातबुँदे संविधान संशोधन प्रस्ताव गत साता संसद सचिवालयमा दर्ता गराएपछि एमालेले सदन अवरुद्ध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल एमालेलगायत चार दलले संशोधन प्रस्तावको विरोधमा निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् ।
२४ मंसिर,२०७३ ।
Comments