समाचार

तराईका जिल्लामा चिसो बढ्यो, पर्सामा एक जनाको मृत्यु

पर्सा– केही दिन यता पूवी तथा पश्चिम तराईमा बाक्लो हुस्सुसँगै चिसो बढेको छ । तराईका जिल्लामा चिसो बढेसँगै शीत लहरसमेत चल्न थालेको छ । चिसोकै कारण कठ्याङ्गिरएर पर्साको सेढवा गाविस–१का ४५ वर्षीय प्रभुराम चमारको शनिबार राति मृत्यु भएको छ। 
गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
कामबाट घर फिर्किने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीदेखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उनले बताए। मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

२६ मंसिर २०७३ ।