काठमाडौं– पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन्। सरकारले अघिल्लो पटक बुझाएको स्पष्टीकरणमा चित्तबुझ्दो नभए भन्दैे गत बिहीबार पुनः दोस्रो पटक उनीसँग स्पष्टीकरण सोधेको थियो।
बैतडी– एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ। जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको
काठमाडौं– सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चार माध्यमले दिने सूचनाले सर्वसाधारणमा झन् अन्यौल बनाउने गरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघको १२ औं साधारण सभा तथा छैठौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चार माध्यम
काठमाडौं– सामाजिक सञ्जालमा ‘रातो नम्बर’बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्विटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
काठमाडौं– महिला साफ च्याम्पियनसिप अन्तर्गतको सेमी फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। तीन गोलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको छ। खेलको ४४औं मिनेटमा भारतका लागि कमला देवीले गोल गरिन्। थपिएको एक मिनेटमा दुवै पक्षबाट गोल हुन सकेन।
काठमाडौं–भूकम्पबाट प्रभावित विद्यालयको पुनर्निर्माण कार्यले तीव्रता पाएको छ । काठमाडौ लगायतका जिल्लामा भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माणमा घाँसी नेपाल नामक गैर सरकारी संस्थाले लामो समयदेखि पहल गर्दै आएको छ ।
काठमाडौं– अंग्रेजी पात्रो अनुसार आइतबारबाट नयाँ बर्ष सन् २०१७ औपचारिक रुपमा प्रारम्भ भएको छ। सन २०१६ लाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०१७ को प्रारम्भ भएको हो। नयाँ वर्षको औपचारिक सुरुवात भएसँगै विश्वभरका मुख्य शहरहरुमा नयाँ वर्ष २०१७ लाई उमंग र हर्षोल्लासका साथ स्वागत गरेर मनएको छ ।
काठमाडौं– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ( सुशील ज्ञवालीलाई हटाउने संकेत दिएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिइओ ज्ञवालीले पुनिर्माणको काम सन्तोषजनक र अपेक्षा अनुसार नगरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि यस्तो संकेत मिलेको हो।
काठमाडौं– गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।
आफ्नो जीवनको ३३ प्रतिशत (२५ वर्ष) उमेर समाज सेवामा, त्यो पनि अमेरिकाबाट नेपाल फर्केर लगानी गर्ने कर्मठ नेपाली छोरो हुन्– डा. महाबिर पुन मगर । नेपालका सुपरिचित समाजसेवी डा. पुनले नेपाल र नेपालीको बिकासमा कायापलट ल्याउने सपना बोकेर विश्वभरका नेपालीहरु बीच महादान संकलनको महाअभियान थालनी गरेकाछन् ।