सप्तरी– सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा मोर्चाले विथोल्ने खोजेपछि झडप भएको हो ।
काठमाडौं– बिहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो ।
काठमाडौं- पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ । नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो ।
काठमाडौं- काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ–आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए। सबैभन्दा टाढा फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने अायाेजककाे नियम अनुरूप
काठमाडौं–संयुक्त राज्य अमेरिकाले नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता जनाएको छ । नेपालको सर्वोच्च अदालतलाई नेपालका कानुनहरूको वैधानिकतामाथि समीक्षा गर्ने अधिकार भए पनि सर्वोच्चका फैसलाहरूको सरकारी अधिकारीले निरन्तर सम्मान तथा कार्यान्वयन नगरेको पाइएको अमेरिकाले जनाएको छ ।
काठमाडौं– नेपालको औद्योगिक विकासका लागि विदेशी भित्राउने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका तीन सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको उद्योग मन्त्रालयले जनाएको छ ।
काठमाडौं– काठमाण्डौको दक्षिण भेगको सामुदायीक विद्यालय श्री सेतीदेवी मावि र फर्पिङ्ग क्षेत्रका अन्य १७ विद्यालयमा पढ्ने ५३ जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई बुधबार जर्मनीकी शिक्षासेवी तथा समाजसेवी मार्गरेट थलमनले आफ्नो सहित उनका अरु ५२ जना जर्मन मित्रहरुले पठाएको छात्रवृत्ति बाँडेकी छिन् ।
ललितपुर– पुर्व प्रधान सेनापति रुक्मांगद कटुवालले नेपालमा गरीव जनता उपचारको नाउँमा एउटा सिटामोल पनि नपाई अकालमा मर्ने गरेको तर धनी नेताहरुलाई भने राज्यको ढुकुटीबाट उपचार खर्चको नाउँमा करोडौं रुपैयाँ बाँडिनु विडम्वना भएको बताउनुभएको छ ।
काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत
काठमाडौं– सरकारले १४ मंसिरमा संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि ३६ सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । आइतबार सांझ ६ बजे सम्म ३६ जना सांसदहरुले संसद सचिवालयमा गएर १५ वटा संसोधन प्रस्ताव दर्ता गराएका हुन् ।