काठमाडौं, चैत । देशभरका उद्योगी–व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासहित उनको समूहले बहुमत हासिल गरेको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अधिकांश कार्यकारिणी सदस्यमा गोल्छा समूहको वर्चस्व रह्यो ।
भक्तपुर, चैत । भक्तपुरमा जारी विस्केट जात्रा अन्तर्गत सोमबारबाट शुरु भएको भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, प्रहरीसहित पाँचजना घाइते भएका छन् । भक्तपुरमा सोमबारदेखि सुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
काठमाडौं, चैत । सरकारले डिआइजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले दोस्रो वरियतामा रहनु भएका डिआइजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबार रातिको बैठकले नियुक्तिको निर्णय गरेलगत्तै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठाका कारण नेपाली राज्य प्रणालीले चर्को खडेरी भोग्नुपरेको बताउनुभएको छ । रामनवमीको अवसरमा बुधबार शुभकामना दिंदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं- चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
काठमाण्डौ- नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाबाट विगतमा स्थायी परिवार नियोजन (वन्ध्याकरण) गरि फेरी उल्ट्याएका (रि—क्यानलाईजेशन गरिएका) १६ पुरुषमध्ये १२ पुरुषबाट फेरी वालवच्चा भएको छ । अर्थात उनीहरु फेरी बाबु बन्न सफल भएका छन् ।
चितवन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको घुमाउनेमा सुख्खा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त बनेको गोकर्णेश्वर नगरपालिका–७ बालुवास्थित तारेभिर प्राथमिक विद्यालयको भवन पुनर्निमार्ण थालिएको छ । आइतबार बौद्ध धर्मका धर्मगुरु तुल्कु छेएकीनिमा रिम्पोचे र गायिका आनिछोइङ डोल्माले धार्मीक विधिअनुसार भूमी पूजा गरेर भवनको शिलान्यास गर्नुभएको हो ।
काठमाडौं– काठमाडौ महानगरपालिकाले तत्काल सुधार गर्ने गरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । यसमा पर्यटकलाई स्काई रेल चलाउने देखि सडक बढाउर्ने ब्रूमर किन्नेसम्म छन् । महानगरका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार कार्यक्रमकाबीच बीच ३० बुँदे कार्ययोजना सार्वजनिक गरे ।
काठमाडौं– काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी घोडे जात्रा मनाइएको छ । टुंडिखेलको दक्षिणपूर्व रुखमा बस्ने गुरुमापा राक्षसको आत्माले बालबालिकालाई दुःख नदेओस भन्दै घोडाको टापले कुल्चेर उक्त राक्षसलाई दबाउन यो जात्रा मनाउने प्रचलन छ ।