काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उमेद्बारको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मत भन्दा निकटतम प्रतिष्पर्धि सँग उनीहरु मतान्तर बढी रहेकाले जित निश्चित भएको हो । १ लाख ७२ हजार मत खसेको काठमाडौंमा १ लाख ५९ हजार मत गणना गरिसकिएको छ ।
काठमाडौं, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए।
काठमाडौं– सरकारले संविधान कार्यान्वयन, निर्वाचन, पुनर्निर्माण र आर्थिक विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार व्यवस्थापिका संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा संविधानले तोके अनुसार निर्वाचन, संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक विकासमा जोड दिने बताइन्।
काठमाडौं, जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रचण्डले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार प्रचण्डले पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौं, जेठ । सामुदायिक प्रहरी सेवा कोटेश्वरको सहयोगमा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले पेप्सीकोलास्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका एकसय एकजना विद्यार्थीलाई सोमबार विहानको कार्यालय समयमा कोटेश्वर र जडिबुटीचोकको ट्राफिक व्यवस्थापनमा खटायो ।
काठमाडौं, ९ जेठ । सरकारले तराई मधेसका १२ जिल्लामा २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको हो । त्यसैगरी विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगर बनाउने र २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।
न्यूयोर्क, जेठ । न्यूयोर्कमा नेपालीहरुको गौरव एवम् पहिचानको रुपमा स्थापित हुँदै गएको नेपाल डे परेड भव्यरुपमा सम्पन्न भएकाे छ । नेपाली राष्ट्रिय झण्डा, नेपाली कला संस्कृति, मौलिक परम्परा तथा झाँकीसहित सडकमा उत्रिएका नेपालीहरुको भीडले माहोल पृथक बन्नुका साथै मातृभूमिप्रति माया छताछुल्ल पोखिएको थियो ।
कामाठाडौं, जेठ । एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल साताव्यापी निरीक्षण÷अवलोकन भ्रमणका क्रममा आइतबार नेपाल आईपुगेका छन् । उनी १३४ मुलुकमा विस्तारित वालवालिकाको मायालु घरको रुपमा परिचित एसओएस वालग्रामको अन्तर्राष्ट्रिय अध्यक्ष हुन ।
काठमाडौ, जेठ । यतिखेर धेरैलाई मत परिणामले ध्यानाकर्षण गरेको छ । बैशाख ३१ गते सकिएको स्थानीय तहको चुनावको हारजीतका खबर सुनेर कोही रमाइरहेका छन त कोही सुस्ताईरहेका छन् । हार्नेहरु जोड घटाउमा छन् ।